म्यानमारमा विद्रोही समूहले उत्तरी क्षेत्रमा रहेको सहर कब्जा गरेको दाबी
काठमाडौं । म्यानमारको एक विद्रोही समूहले देशको उत्तरी क्षेत्रको एउटा सहर कब्जा गरेको जनाएको छ ।
काचिन इन्डिपेन्डेन्स आर्मीका प्रवक्ता कर्नेल नवाबुले काचिन राज्यको सौमप्रबोम सहर अहिले आफ्नो सेनाको नियन्त्रणमा रहेको दाबी गरे।
तर, उनको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सक्दैन। विद्रोही समूहले म्यानमारको सेना र विद्रोहीबीचको हप्तौंसम्म चलेको लडाइँपछि सहरको नियन्त्रण दाबी गरेको छ ।
केआइए (काचिन स्वतन्त्र सेना) धेरै जातीय मिलिशियाहरूको समूह हो। यो विद्रोही समूहले अक्टोबरमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो।
काचिन समूहका अधिकांश मानिसहरू इसाई धर्मसँग सम्बन्धित छन्। बौद्ध बहुल म्यानमारमा सेनाले क्रिस्चियनहरूलाई उनीहरूको धर्मको आधारमा सताइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment