युक्रेनी ड्रोनले रुसको बेलगोरोडमा २ बसमा बम प्रहार गर्दा ६ जनाको मृत्यु, ३५ घाइते

डिसी नेपाल
२५ वैशाख २०८१ १५:२२

काठमाडौं । रुसको बेलगोरोड क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दुवै बसमा बम विष्फोट भएको थियो । सबैजना दुई फरक बसमा काम गर्न जाँदै थिए।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बेरेजोभका गाउँ नजिकै हमला भएको बताए। उनले बसको झ्याल फुटेको तस्वीर पनि सेयर गरेका छन् । गभर्नरले भने – एक जनाको अवस्था गम्भीर छ र दुई बालबालिकालाई सामान्य चोट लागेको छ।

युक्रेनले लामो समयदेखि आफ्नो सिमानामा रहेको बेल्गोरोड क्षेत्रमा ट्याङ्क र ड्रोनमार्फत आक्रमण गर्दै आएको छ । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यहीँबाट दुई देशबीच युद्ध सुरु भएको थियो । जबकि किभले यस्तो कुनै पनि आक्रमण अस्वीकार गरेको छ। किभले भनेको छ – हामीले सर्वसाधारणलाई लक्षित गरेका छैनौं।

हालै ‘ह्यारी पोटर क्यासल’ भनेर चिनिने युक्रेनी भवनमा रुसी मिसाइल आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो । ह्यारी पोटर क्यासलमा एउटा निजी कानून संस्थान चलिरहेको थियो। मिसाइल आक्रमणपछि एउटा भवनमा ठूलो आगो लागेको थियो ।

यसलाई ओडेसामा भएको सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। जसमा रुसी सेनाले सहरमा मिसाइल, ड्रोन र बम प्रहार गरेको थियो जसका कारण समुद्री तट क्षेत्रमा रहेको प्रसिद्ध शैक्षिक संस्था जलेको थियो । लगभग २५ महिना अघि युक्रेनमा युद्ध सुरु भएदेखि ओडेसाको बन्दरगाह सहर बारम्बार रुसी मिसाइल र ड्रोन आक्रमणको निशाना बनेको छ।

रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ । अहिलेसम्म दुवै देशका हजारौं सैनिकले ज्यान गुमाइसकेका छन् । युद्धका कारण लाखौं मानिस युक्रेनबाट विस्थापित भई छिमेकी मुलुकमा शरण लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *