प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु (तस्वीरहरू)

डिसी नेपाल
२८ वैशाख २०८१ ११:४२
88
Shares

काठमाडौं। फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ। पोखराको विन्ध्वासिनी मन्दिरमा पजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ।

फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव-नायिका दिव्या रायमाझी उपस्थिति थिए। उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ।

नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्दिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो।

यो फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ। काठमाडौंमा भने फिल्मको छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ। थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन्। फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *