इरानले कब्जामा लिएको जहाजका पाँच भारतीय नागरिकलाई रिहा गर्यो

डिसी नेपाल
२८ वैशाख २०८१ १४:३८

काठमाडौं । इरानले कब्जामा लिएको एमएससी एरिज जहाजबाट पाँच भारतीय नागरिकलाई रिहा गरेको छ।

यी पाँच भारतीय नागरिकलाई आज साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएको हो ।

इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको कार्गो जहाज एमएससी एरिज कब्जा गरेको थियो।

जहाजमा २५ जना चालक दलका सदस्य रहेका छन् । जसमध्ये १७ भारतीय नागरिक रहेका छन् ।

इजरायलसँग जारी तनावका बीच इरानले यो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी हुन्।

जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । जहाज नियन्त्रणमा लिएको केही दिनपछि उनलाई रिहा गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *