प्रेमीको मृत्यु भइसकेपछि उसको बच्चा जन्माएकी प्रेमिकाले सम्पत्तिमा अंश माग्दै

डिसी नेपाल
२८ वैशाख २०८१ १६:०२

काठमाडौं । बिवाहबाट जन्मेका बालबालिका वा तिनकी आमाले बाबुको सम्पत्तिमा अंश माग्ने गरेका घटना धेरै पटक सार्वजनिक हुने गरेका छन् । तर हालै चीनकी लेङ नामकी महिलाले अर्कैसँग पहिले नै विवाह गरिसकेका व्यापारी प्रेमी वेनको मृत्युपछि जन्मेको बच्चा वेनको भएको दाबी गरेकी छन् । अहिले उनले प्रेमीकी श्रीमतीसँग सन्तानका लागि सम्पत्तिमा अंश मागेकी छिन् ।

सडक दुर्घटनामा ती व्यक्तिको मृत्यु भएको तियो, त्यसपछि यो विवाद सुरु भयो र सामाजिक सञ्जालमा बहस भयो। २०२१ मा आफ्नो प्रेमीको मृत्युपछि महिलाले कसरी बच्चा जन्माइन् होला भन्ने प्रशनको जवाफमा ती महिलाले गरेको दाबीअनुसार उनले आफ्नो अण्डा फ्रिज गरेकी थिइन्, जसलाई पछि वेनको शुक्राणुबाट निषेचित गरियो र उनले प्रजनन क्लिनिकमा भ्रूण प्रत्यारोपण गरिन् । अहिले सोही भ्रूणबाट सन्तान जन्माएकी उनले आफ्नो प्रेमीको सम्पत्तिमा बच्चाको लागि हिस्सा चाहन्छिन् । लेङले यो बच्चा वेनको भएको दाबी गर्छिन्।

२०२१ को डिसेम्बरमा उनले एक स्वस्थ छोरालाई जन्म दिइन् जसको नाम उनले जियाओवेन राखिन् । गत वर्ष अर्थात् २०२३ को अगस्टमा उनले आफ्नो प्रेमीको परिवारलाई मुद्दा हालिन्, र आफ्नो छोराको लागि सम्पत्तिको रूपमा अंश मागिन् ।

आफ्नो मुद्दाको एक भागको रूपमा, लेङले वेनको उत्तराधिकारीको रूपमा सियाओवेनको लागि सम्पत्ति, कम्पनीको इक्विटी शेयर र बीमा लाभहरू खोजिरहेकी छिन्। दुर्भाग्यवश, महिलाले उनको छोरा वेनको शुक्राणुद्वारा नै निषेचित थियो र यसो गर्नका लागि वेनले सहमति दिएका थिए भन्ने प्रमाणित गर्न सकिनन्। जसका कारण उनको दावी अदालतले खारेज गर्यो।

अदालतको निर्णय पछि यो मुद्दाले चीनमा समाचार हेडलाइन बनायो, धेरैले यसलाई महिलाले आफ्नो मृत प्रेमीको पैसाको लागि आफ्नो सानो बच्चालाई बार्गेनिङ चिपको रूपमा प्रयोग गर्ने प्रयास भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *