१३ बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सम्पन्न

डिसी नेपाल
३१ वैशाख २०८१ १३:३७
144
Shares

हेटाैंडा। १३ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेशको दोस्रो युवा सम्मेलन-२०८१ आइतबार हेटौंडामा सम्पन्न भएको छ। प्रदेशका १३ वटै जिल्लाबाट २ सय प्रतिनिधि युवाको सहभागितामा बागमती प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो।

बागमती प्रदेशमा सबल, सक्षम र सशक्त अनि सीपयुक्त युवाहरू तयार गर्ने सोचसहितको अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट लक्ष्य तथा कार्ययोजना तय गरी परिषद्को अग्रसरतामा दोस्रो युवा सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जारी घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएका छन्।

घोषणापत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले युवामार्फत् समृद्ध बागमती प्रदेश निर्माण गर्ने बताए। घोषणापत्रमा उल्लेख भएका विषयहरू प्रदेश सरकारको नीतिमा समावेश गरी आवश्यक योजना ल्याउने प्रतिबद्धता पनि मुख्यमन्त्री जम्कट्टेलले व्यक्त गरे।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश युवा सम्मेलन-२०८१ ले जारी गरेको घोषणापत्रलाई कार्यान्वयन गर्ने विश्वास दिलाइन्। आगामी आर्थिक वर्षको बजेट बनाउने समयमा युवालाई जोड दिएर बजेट निर्माण गर्ने उनकाे भनाइ थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *