युक्रेन युद्धमा धेरै श्रीलंकाली नागरिकको मृत्यु भएको रिपोर्ट
काठमाडौं । श्रीलङ्काका अन्वेषकहरूले युक्रेन युद्धमा ‘भाडाको सैनिकको रूपमा’ लड्दा कम्तीमा १७ श्रीलंकाली नागरिक मारिएको बताएका छन्।
श्रीलंका सरकारले आफ्ना धेरै नागरिकहरू, जसमध्ये धेरैजसो पूर्व सैनिकहरू युक्रेन युद्धमा संलग्न रहेको रिपोर्ट आएपछि अनुसन्धान सुरु गरेको थियो।
शुक्रबार श्रीलंका प्रहरीले युक्रेन युद्धमा कम्तीमा आठ पूर्व सैनिकको मृत्यु भएको जानकारी दिएको थियो ।
अधिकारीहरूका अनुसार मारिएका अधिकांश मानिसहरू मानव तस्करहरूले उच्च पारिश्रमिक र विभिन्न प्रलोभनमा पारेर लगेका थिए। तर, पछि उनीहरु मोर्चामा जान बाध्य भए ।
श्रीलंकाबाट आएका र युद्धमा सामेल हुने अधिकांश मानिसहरू रुसको तर्फबाट लडिरहेका छन् भने श्रीलंकाका करिब एक तिहाइ लडाकु युक्रेनको तर्फबाट युद्धमा सहभागी छन्।
मानव बेचबिखनको आरोपमा अवकाशप्राप्त जनरलसहित दुई जना पक्राउ परेका छन् ।
धेरै नेपाली र भारतीय नागरिकले रुसको तर्फबाट युक्रेन युद्धमा भाग लिएको खबर पनि आएको थियो। भारतीय अनुसन्धान एजेन्सीहरूले यस सम्बन्धमा धेरैलाई पक्राउ पनि गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment