भारतमा होर्डिङ बोर्ड ढलेर कम्तीमा आठ जनाको मृत्यु, ६० जना घाइते

डिसी नेपाल
१ जेठ २०८१ ९:३९
84
Shares

नयाँ दिल्ली। भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी करिब ६० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।

उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना अझै फसेको आशंका गरिएको आपतकालीन सेवाले जनाएको छ। मुम्बई शहरमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो।

होर्डिङ बोर्ड खसेर सवारी साधनहरू पनि च्यापिएको दृश्य सामाजिक सञ्जालमा आएका छन्। घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन्। होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *