तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको कथामा बनेको फिल्मको विश्वव्यापी राइट एप्पलले किन्यो

डिसी नेपाल
२ जेठ २०८१ १५:०२

काठमाडौं । पहिलो पटक सगरमाथा आरोहण गरिएको घटनाको कथामा आधारित फिल्म ‘तेन्जिङ’को विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले किनेको छ ।

फिल्मको राइट एप्पल ओरिजिनल फिल्म्सले किनेको हो । फिल्ममा विलियम डफोईले बेलायती आरोहण दलका नेतृत्वकर्ता कर्णेल जोन हन्ट र टम हिडल्स्टनले एडमन्ड हिलारीको भूमिका निर्वाह गर्नेछन् ।

फिल्ममा तेन्जिङ नोर्गेको भूमिका कसले गर्ने भन्ने छिनिफानो हुन बाँकी छ । तेन्जिङको भूमिकाको लागि विश्वव्यापी रूपमा कलाकारको खोजी भइरहेको छ र यसका लागि अडिसन चलिरहेको छ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *