गोदावरी मेयरकपको उपाधि काठमाडौं महानगरपालिकालाई

डिसी नेपाल
५ जेठ २०८१ १६:१९
16
Shares

पाटन। गोदावरी मेयरकपको उपाधि काठमाडौं महानगरपालिकाले हात पारेको छ। गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो।

उपाधि विजेता काठमाडौं महानगरपालिकाले प्रथम पुरस्कार रु पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले रु तीन लाख प्राप्त गरेका छन्। गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षात्का कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले बताए।

गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापि अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो। उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *