चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउँदै

डिसी नेपाल
६ जेठ २०८१ १०:१८

काठमाडाैं। आगामी असार ७ गतेबाट सिनेमा ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा पुनः प्रदर्शनको जानकारी दिइयो।

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ। नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ।

सिनेमामा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्। उनी सिनेमाका निर्माता पनि हुन्। पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए।

यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाइ छ। उनका अनुसार नयाँ सिनेमाजस्तै गरी रिलिज गरिनेछ। आगामी साता ट्रेलर रिलिज गरिँदैछ। असार ५ गते राजधानीमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिनेछ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ।

भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए। ‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन होला। अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुन रिलि जगर्न लागिएका हो’, उनले भने।

सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ। उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ। २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो। डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो। यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ।

सिनेमाको पुन रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो। सिनेमाको कार्यक्रममा उपस्थित अधिकांशले आचार्य पुनस् रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताए का थिए।

सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन्। यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । सिनेमाका निर्माता रोशन राई हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *