पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा जुट्दै होटल तथा पर्यटन व्यवसायी महासंघ

डिसी नेपाल
७ जेठ २०८१ ९:२४

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ गरेको हो ।

शनिवार एक कार्यक्रमको विच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भैइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।

सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर अवलोकनका हिसावले त्याँहा भन्दा बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउँछन् ।

यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी महासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो वढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र विकासमा परिचालन हुनुपर्ने वताउदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उनको भनाई छ ।

महासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरि हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना वनाएको छ ।

बाराको जितपुर सिमरा उपमाहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमवाट उत्साहित भएका व्यवसायीहरु निजि लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन् । पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भुमिका रहने बताउदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा बिस्वस्त दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *