‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ विजेता दुर्गादेवी र सुमृति घोषित

डिसी नेपाल
७ जेठ २०८१ १०:२५

काठमाडौँ। तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को विजेता दुर्गादेवी पौडेल अधिकारी र सुमृति शाक्य भएका छन्। क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृति विजेता बनेका हुन्।

एक्स्पोमा क्याफे थिमतर्फ निकाश योञ्जन दोस्रो, निवास श्रेष्ठ तेस्रो चुँनिदा सानुमाया बानियाले ‘पब्लिक च्वाई अवार्ड’ हात पारिन्। थेसिस तर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गरिन्।

शोभा ज्ञवाली (अध्यक्ष नेपाल महिला उद्यमी संघ), श्रीच्छा प्रधान (मिस नेपाल वल्र्ड), प्रशिद्ध शाह (मिस नेपाल इन्टरनेशनलले विजेतालाई अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा दुई दिन आयोजित एक्स्पोको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन्।

प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन्। जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी हुन्।

एक्स्पोको थेसिस जुरीमा रञ्जन प्रजापति (आर्किटेक), तेजिता वैद्य अमात्य (इन्टिरियल डिजाइनर) र क्याफे थिममा अदीति पौडेल (आर्किटेक) र पिनु श्रेष्ठ (इन्टेरियल डिजाइनर) रहेका थिए।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनि राखिएको थियो। एक अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइन थिए भने अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको छ।

एक्स्पोको विशेष प्रायोजक बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर रहेको थियो।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो। आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो।

फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ।

नेपालकै ठूलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *