कांग्रेसले फेरि बोलायो संसदीय दलको बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपरान्ह साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ। कांग्रेसले संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ। पत्रकार सम्मेलन प्रमुख सचेतक रमेश लेखकले गर्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment