प्यालेस्टाइन समर्थकहरूको प्रदर्शनका कारण अक्सफोर्ड विश्वविद्यालयको भवन बन्द

डिसी नेपाल
११ जेठ २०८१ १४:२७

काठमाडौं । प्यालेस्टाइन समर्थक समूहको विरोधका कारण अक्सफोर्ड विश्वविद्यालयको एउटा भवन बन्द गरिएको छ ।

अक्सफोर्ड एक्शन फर प्यालेस्टाइन नामको यो समूहले विश्वविद्यालयका कार्यालयमा पुगेर विरोध गरिरहेको छ ।

समूहले इजरायल-गाजा द्वन्द्वसँग सम्बन्धित नीतिहरूमा विश्वविद्यालयसँग बैठकको माग गरिरहेको छ।

बीबीसी अक्सफोर्ड रेडियो रिपोर्टर फिल मर्सरका अनुसार सयौं विद्यार्थी भवन बाहिर उपस्थित छन् र प्रहरीले उनीहरूलाई भित्र जानबाट रोकिरहेको छ।

उनका अनुसार यो ठूलो आन्दोलन हो र प्रहरीले समूहका मानिसहरूलाई फिर्ता पठाइरहेको छ ।

यद्यपि केही प्रदर्शनकारीहरू प्यालेस्टिनी झण्डासहित भवनभित्र छन् र उनीहरूसँग आफ्ना मागहरूको सूची छ।

आन्दोलनरत समुहका प्रवक्ताले भने, ‘दुई सातादेखि विश्वविद्यालयले हाम्रा मागलाई सम्बोधन गरेको छैन । त्यसैले हामी शान्तिपूर्ण आन्दोलनमा बसेका छौं ।’

“विद्यार्थीसँग वार्ता गर्नुको सट्टा उपकुलपतिले भवन खाली गर्न रोजे। हाम्रा मागहरु तत्काल सुन्न प्रशासनसँग माग गर्दछौं ।”

आन्दोलनप्रति विश्वविद्यालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *