सिंगापुर एयरलाइन्स : टर्ब्युलेन्सका कारण २० जनालाई मेरुदण्डमा गम्भीर चोट

डिसी नेपाल
११ जेठ २०८१ १५:३१

काठमाडौं । सिङ्गापुर एयरलाइन्सको विमानमा गहिरो टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ ।

बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

लण्डनबाट उडेको यो विमानले मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको हो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ ।

विमानमा सवार यात्रुहरूले बीबीसीलाई भनेअनुसार विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू “छतमा ठोक्किए”। अस्पतालका निर्देशक समितेज श्रीनाकरिनले ४१ जना यात्रु अझै पनि त्यहाँ रहेको र आधालाई सघन उपचार कक्षमा राखिएको बताए ।

मेरुदण्डमा चोट लागेका २२ जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सिंगापुर एयरलाइन्सको विमान एसक्यु ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा ठोक्कियो, ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भयो र दर्जनौं घाइते भए । किचेनलाई हृदयघात भएको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *