चक्रवात रेमलको गति बढ्दै, पूर्वी नेपाल र पश्चिम बंगालका धेरै जिल्लालाई असर गर्ने

डिसी नेपाल
१३ जेठ २०८१ १६:०९

काठमाडौं । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठूलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ ।

यो चक्रवात २६ मेको मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ ।

भारतीय मौसम विज्ञान विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ ।

चक्रवात रेमललाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ । तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रमा रहेकाहरुलाई फर्किन भनिएको छ ।

पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ।

हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

मौसम विभागका अनुसार पश्चिम बंगालका अन्य धेरै तटीय जिल्लाहरू यस आँधीबाट प्रभावित हुनेछन् र यसको प्रभाव त्रिपुरा, असम, नागाल्याण्ड र मणिपुरसहित नेपालमा पनि देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *