सिरोहियाको बचाउमा उत्रिएका महजोडीले आलोचनापछि माफी मागे

डिसी नेपाल
१४ जेठ २०८१ ११:२६
120
Shares

काठमाडौं। कान्तिपुरका मालिक कैलाश सिरोहियाको बचाउमा उत्रिएपछि बिबादमा तानिएका हास्यकलाकारद्jय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुबाट गल्ती भएको स्वीकार गरेका छन्।

कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा पुगेका कलाकारद्वयले आज एक भिडियो सामाग्रीमार्फत सिरोहियाको बचाउमा उत्रिएकोप्रति क्षमायाचना गरेका हुन्। उनीहरुले आफ्नै सम्झिएर माफी दिनसमेत अनुरोध गरेका छन्।

नागरिकता कीर्ते प्रकरणमा सिरोहिया पक्राउ परेपछि कान्तिपुरका पत्रकारहरुले फोन गरेर सिरोहियाको पक्षमा बोल्दिन महजोडीलाई अनुरोध गरेका थिए। तर, उक्त अभिव्यक्ति विवादमा तानियो।

मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं। त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो। हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर। अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ।’

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो। हामीबाट त्रुटि भयो। आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *