फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन्। ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ। पोस्टरमा साइकललाई पनि देखाइएको छ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ। फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ।
निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो। ‘फिल्म हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए। उनीहरु फिल्मका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ’, निर्देशक गिरीले भने।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ। यही फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्। उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment