केशव राईको शब्दमा राजेशपायल राईको ‘गाँउबेसी’ सार्वजनिक

डिसी नेपाल
२० जेठ २०८१ ७:२९
12
Shares

काठमाडौं। लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ। नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ।

केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन्। विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन्।

सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो। यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ।

सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए। उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ। गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने। त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए । केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *