मोदीको वाराणसीबाट ‘ह्याट्रिक’ जित, मतान्तर भने घट्यो

डिसी नेपाल
२२ जेठ २०८१ १८:५९
320
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्।

मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन्।

यस पटक मोदीको जित अन्तर भने घटेको छ। अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गरेका थिए।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *