फिल्म ‘मायाका रंगहरु’मा कमेडियन पदम तामाङ अनुबन्धित
काठमाडौं। फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन्। तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन्।
उनलाई फिल्म ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन्।
यसअघि फिल्ममा अभिनेता पल शाह, कुन्दन भारद्वाज, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन्। निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ। पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन्।
फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ।
फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन्। फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment