चर्चित गायक राजनराज शिवाकोटी र टीका सानुको नयाँ गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक (भिडियो)
काठमाडौं। चर्चित र लोकप्रिया गायक राजनराज शिवाकोटी र टीका सानु नयाँ गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ। शनिबार गायिका टीका सानुको यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक शिवाकोटी र टीका सानुको स्वर रहेको छ।
यसअघि कुटुमा कुटु, खुर्के थैली, मायालु तिमी कता छौ लगायत दजर्नौं चर्चित गीत गायका गायक शिवकोटीको टीका सानुसँग दोहोरी गीत सार्वजनिक भएको हो। कर्णप्रिय गीतको शब्द टीका सानुका हुन् भने गीतमा संगीत शिवाकोटीले भरेका छन्।
कुनै कार्यक्रममा इजराइल जाँदा टीका सानुले आफूसँग गीत रहेको सुनाएपछि उनकै अनुरोधमा गीत तयार भएको शिवाकोटीले सुनाए। नेपाली गीतलाई अन्तर्राष्ट्रिय मञ्जमा पु¥याउन योगदान गरेका शिवाकोटीले नेपाली चलचित्रका कयौं गीतमा स्वर दिएका छन्। उनले गायका गीतले लाखौं भ्यूज पाएका छन्।
शनिबार सार्वजनिक भएको नयाँ गीत ‘फेरि भेट कहिले होला नि’ माया प्रेमले ओतप्रोत छ। विशेष गरी विद्यालयमा शिक्षक र शिक्षिकाबीच मनका अन्तरकुन्तरमा हुने माया प्रेमलाई सजिव ढंगले गीतले चित्रण गरेको छ। गीतको म्युजिक भिडियोमा गायक शिवाकोटी र गायिका टीका सानुले नै अभियन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment