चेपाङको जीवनीमा दीपेन्द्रले तयार गरे वृतचित्र ‘पचेडा’

डिसी नेपाल
२७ जेठ २०८१ १३:२८
44
Shares

काठमाडौँ। कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन्। फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका छन्।

‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन्। मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन्। चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन्? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

‘कुनै हरहर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने।

फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ। उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए।

‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्मातामा बालकृष्ण खड्गी रहेका छन्।

वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *