फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत
काठमाडौं। फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत गरिएको छ। आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ-मुर्हत गरिएको हो। फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ।
करिब २५ दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन चितवनका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ। नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ।
रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ।
करुणा फिल्मस् तथा म्यांगाे प्लेजर प्रा।ली।को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ। कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सह-निर्माता छन्।
फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ। मुहुर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए। फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment