दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुन्छ: खेलकुदमन्त्री श्रेष्ठ {भिडियो}
काठमाडौं। खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन्।
सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौं राष्ट्रिय खेलकुदका लागि सरकारले वजेट नै घोषणा गरिसकेकाले निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन्। मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि वढिसकेको जानकारी पनि दिए।
खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय , राष्ट्रिय खेलकुद परिषद लगाएत सम्पुर्ण टिम कर्णाली केन्द्रित भैसकेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता निकै सकारात्मक रहेको बताए।
मन्त्री श्रेष्ठले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि आएको जानकारी दिए। मन्त्री श्रेष्ठले प्रतियोगिताको तयारीका विषयमा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका छन्।
;
No ads found for this position

डिसी नेपाल
Facebook Comment