यी हुन् सोनाक्षीको हुनेवाला श्रीमान्
काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्ने भएकी छिन्। उनी प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी हुन्।
उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन्।
अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन्।
उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन्। हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्वीर राख्दै जन्मदिनको शुभकामना दिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment