मिस्टर तामाङ-२०२४ को उपाधि अतित लामालाई

डिसी नेपाल
३० जेठ २०८१ ११:२७
244
Shares

काठमाडौं। मिस्टर तामाङ-२०२४ को उपाधि काभ्रेको अतित लामाले जितेका छन्।

काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर तामाङ-२०२४ को प्रतियोगिताबाट लामा विजय भएको हो। उक्त अवसरमा विभिन्न विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो।

पहिलोपटक सम्पन्न उक्त प्रतियोगिता मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता एवम् तामाङ चलचित्रकी नायिका रन्जित ब्लोन तामाङको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामामा १५ जना प्रतिस्पर्धाीहरुको कडा प्रतिस्पर्धा भएको थियो।

प्रतिस्पर्धीहरु झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका थिए।

त्यसै गरी नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेको थियो। दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङ रहेको थियो।

दर्शकहरुको भोटिङसंगै निर्णायक मण्डलले दिएको मार्किङको आधारमा प्रतियोगिहरु मध्यबाट उत्कृष्ट छनौट गरि पहिलोमा अतित लामा, दोस्रोमा अनिल लामा र तृतीयमा विश्वराज स्वाङबालाई विजय घोषणा गरेका थिए । निर्णायकको रुपमा अमिर दोङ, चाँदनी मोक्तान, अरुणा श्रेष्ठ र केडी मोक्तान रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *