बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता
फाइल तस्बिर
सुन्दरहरैँचा। मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ।
आज दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए।
यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू)र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment