मोडल हन्ट ‘फेस अफ नेपाल’ अडिसन काठमाडौंमा

डिसी नेपाल
१३ असार २०८१ ११:२०
12
Shares

काठमाडाैं। सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ। यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो। यस अघि काठमाडौं केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी गरिएको छ।

आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो मोडल हन्ट प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन्।

प्रबन्ध निर्देशक माझीका अनुसार यो प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागि हुन सक्नेछन्। यस्तै उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन्।

आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने छ।

नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ। असार २४ २०८१ इन्द्रेणी स्विट्स होटल बानेश्वर अडिसनमा हुँदै छ। प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिनेछ।

छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्यांकन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्।

फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन्। उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *