मदिरा पिएर झगडा गरेपछि दुबई जान लागेका राजेशपायललाई विमानबाट निकालियो
काठमाडौं। सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानबाट निकालिएको छ ।
आज(बिहीबार) बिहान सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले मदिरा पिएर विमानका कर्मचारीसँग झगडा गरेपछि विमानबाट निकालिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट दुबई जाने क्रममा मदिरा पिएर विमानमा प्रवेश गरेका थिए। विमानमा प्रवेश गरेर कर्मचारीसँग झैझगडा गर्न थालेपछि राईलाई निकालेर विमान उडेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment