आलोकश्रीको संगीतमा प्रह्लाद तिमिल्सिनाको ‘एउटा जून’ (भिडियो)
काठमाडौं। नेपाली फिल्मको पार्श्व गायनका अब्बल मानिएका गायक प्रह्लाद तिमिल्सिना आफ्नो बिल्कुलै नयाँ गीत ‘एउटा जून…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।
सुगम संगीतमा आधारित यो कर्णप्रिय गीतलाई सिद्धहस्त संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन्। वरिष्ठ गीतकार टेक तामाङले यी गीतका मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन्।
भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ । भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन्। दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment