फिल्म ‘नम्बरी सुन’ साउन २५ मा रिलिज हुने
काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ। यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने साउन २५ गते रिलिज हुने भएको छ।
निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो।
नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् । फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ।
फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, राकेश दाहालको पोस्टर डिजाइन छ।
फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment