चलचित्र ‘तैं चुप मैं चुप’ को निर्माण घोषणा

डिसी नेपाल
२० असार २०८१ १०:५५
60
Shares

काठमाडाैं। पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र ‘तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रमा स्कृप्ट मनिष गौतमको रहेको छ।

चलचित्रको काठमन्डौ र पोखरामा छायांकन हुने निर्माण पक्षले जनाएको छ। हाल चलचित्रका लागी कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ।

पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए। यस अघि पनि यही टिमले चलचित्र चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ। उक्त चलचित्रमा कलाकार सन्तोष अधिकारी लगायतको कामले निकै तारिफ पाएको थियो।

चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । चलचित्र ‘तै चुप मै चुप’ आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *