म्युजिकल सिनेमा ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२० असार २०८१ १५:४३
376
Shares

काठमाडौं। कर्णाली प्रदेशको जनजीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलालः द सोल अफ कर्णाली’को सार्वजनिक गरिएको छ। जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ।

यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ। त्यसका साथै कर्णाली र सुदुरपश्चिम बासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ।

यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् । ‘आफ्नो पहिलो डेव्यु निर्देशकिय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने।

यो गीतको म्युजिक कम्पोज चक्र बलमे गरेका हुन्। उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन्। उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन्। गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन्। यस गीतका संगीत निर्माता कोविद बज्र हुन्।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन्। जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन्।

बरिष्ठ पत्रकार टिकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *