फिल्म ‘माइली’को एकसाथ दुई गीत रेकर्ड
काठमाडौं। रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ।
काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो।
गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ। दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ।
यो फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन्।
निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment