हरेक टियागो इभी बुकिङमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु
काठमाडौं। नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ। मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।
ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमा यही असार २१ गतेदेखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।
यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरुको फाइदा लिन सकिनेछ। साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नुहुनेछ। उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ।
ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राति ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुन गइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment