‘पिर पर्या छ’ को भिडियो सार्वजनिक
काठमाडौं। गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ।
गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दिप कार्कीको पाश्र्व संगीत छ।
गीतको भिडियोमा बिना राउत, आर्यन राउत र अर्जुन भुषाल फिचर्ड छन् । गीतले अन्तरजातीय प्रेममा परेका एक जोडीको पीडालाई प्रस्तुत गरेको छ। आफूले मनपराएकी प्रेमिकालाई माग्न जाँदा युवतीकी दाजुले आफूभन्दा तल्लो जातको भएर प्रेम गर्ने भन्दै गाली गरेर फर्काएपछिको पीडालाई गीतमा देखाइएको छ।
राहुल बराइलीको निर्देशन रहेको भिडियोमा नरेश ऐर एण्ड टिमको छायांकन र मिन रावलको सम्पादन तथा कलर छ। भिडियो टीका रमदमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment