सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ।
शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मूल्य भएको हो। आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो।
यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment