इसेवा मनि ट्रान्सफरको बम्पर उपहारमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर
काठमाडौं। इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर योजना सार्वजनिक गरेको छ। २०८० असोज १ गतेबाट सुरू गरिएको यो योजना ३० कार्तिक २०८१ सम्मलाई थप गरिएको छ।
इसेवा मनि ट्रान्सफरले २ वर्षअघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो। जस अन्तर्गत पूर्ण बहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए।
कम्पनीले फेरि हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। विदेशबाट आफूले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिमध्येबाट गोला प्रथाद्वारा एक जनालाई कम्पनीले ललितपुर महानगरपालिका वडा नं ३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहारस्वरूप प्रदान गर्ने जनाएको छ।
अभियान अवधिभर इसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरू यस बम्पर योजनामा स्वतः सहभागी हुनेछन्। घर सार्वजनिक तथा अभियान ४ महिनाको लागि थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment