सहदेवको ‘हात समाएर’ संगीत भिडियो अनावरण

डिसी नेपाल
३१ असार २०८१ ७:१२
44
Shares

काठमाडाैं।  गायिका अस्मिता अधिकारीको स्वररहेको गीत ‘हात समाएर’ को अडियो र भिडियो सार्वजनिक भएको छ।

गीतकार सहदेव पौडेलको रचना रहेको गीत ‘हात समाएर’ ले आफ्ना मायालुसँग सधैं भरि हात समाएर जीवन बिताउन पाउँ भन्ने मनकामनाको भाव बोकेको छ। यो प्रेमिल भावले ओतप्रोत भएको गीतलाई संगीतकार हरि लामिछानेले संगीत दिएका छन्।

गीतको संगीत भिडियो सुब्रत आचार्यले निर्देशन गरेका छन्। संगीत भिडियोमा नायक आर्यन सिग्देल र नायिका सानिसा भट्टराईको अभिनय छ।

भिडियोमा धुलिखेल वरपरको दृश्य छ। भिडियोले एक मायालु जोडीको कथा बुनेछ जो, जिन्दगीको हरपलसँगै हात समाएर हिँड्न चाहन्छन्। भिडियो हरि लामिछाने युट्युव च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *