सुनको मूल्य आकासिँदै, चाँदीको भने घट्यो

डिसी नेपाल
१ साउन २०८१ ११:०३

काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो ।

यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *