फोनपे र कर्मचारी सञ्चय कोषबीच सम्झौता, डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

डिसी नेपाल
१ साउन २०८१ ११:५५

ललितपुर। फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इपीयफ) बीच एपीआइ आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको छ।

साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ। यस रणनीतिक साझेदारीको फलस्वरुप अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।

आधुनिक डिजिटल भुक्तानी पूर्वाधार, जस्तै होस्ट-टु-होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *