सुनको मूल्य अहिलेसम्म कै सर्बाधिक
काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो।
यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला २० रुपैयाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment