मौद्रिक नीति आज सार्बजनिक नहुने
काठमाडौं। आज मौद्रिक नीति सार्बजनिक नहुने भएको छ। पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्बजनिक नगर्ने भएको हो।
केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्बजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।
यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment