घट्यो सुनको मूल्य

डिसी नेपाल
६ साउन २०८१ ११:२१
196
Shares

काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *