राजनराज शिवाकोटी र गायिका टिका पुनको ‘पान पुतली माया’ सार्वजनिक
काठमाडौं। गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको पान पुतली माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक गीतको भिडियो रिलिज गरेको हो। जसमा मोडलद्वय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ।
एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई आइतबार दर्शकका सामु ल्याएसँगै मोडल सुनिलले आफ्नो टिमले सक्दो मेहेनत गरेको र अब दर्शक श्रोताको सल्लाह सुझावको खाँचो रहेको बताए।
त्यस्तै कार्यक्रममा बोल्दै गायक तथा संगीतकार शिवाकोटीले गीतको मेलोडी अनुसार भिडियो गज्जबको बनेको प्रतिक्रिया दिए। एक रोमान्टिक जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।
जहाँ गीता र सुनिल गज्जबसँग खुलेका छन्। सुनिल बुढाथोकीको सहायक निर्देशन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईंले गरेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन्। मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment