निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला

डिसी नेपाल
८ साउन २०८१ ११:५२
156
Shares

काठमाडौं। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ।

बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।

यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *