महिला लघुवित्तको सेयरमा लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं। महिला लघुवित्तको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम रहेको छ।
कम्पनीले असार १७ गतेदेखि लिलामीमा ल्याएको सेयरमा आज लिलामी भर्ने अन्तिम दिन रहेको छ।
आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ। यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment