डेंगु संक्रमित बढेपछि इच्छाकामना गाउँपालिकाको ‘लार्भा खोज र नष्ट गर’अभियान
चितवन। डेंगु संक्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिए।
गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उनले बताए। स्वास्थ्य शाखा प्रमुख देवकोटाले भने, “गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने छौँ।”
गाउँपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। सोमबार मात्रै सात जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ।
इच्छाकामना गाउँपालिकामा जेठदेखि डेंगु संक्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिए। उनका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन्। बाँकी वडा नं ३ र ४ का तीन जनामा डेंगु संक्रमण भएको छ।
संक्रमितमितमध्ये अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन् । उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ। सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताए। अस्पतालमा डेंगुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment